images

घट्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।

आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ र चाँदीको मुल्य ३५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी भने प्रतितोला एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार चार सय ६० रूपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।