images

माओवादीको केन्द्रीय समिति बैठक आज पनि जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ ।

बुधबारदेखि सुरु भएको बैठकमा हालसम्म झन्डै ५० जना नेताले आ–आफ्नो धारणा राखिसकेका छन् ।

मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन् ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदनमाथि पनि छलफल भइरहेको छ । नेताहरुले दाहालको आलोचना पनि गरिरहेका छन् । स्वकीय सचिवमा आफ्नै छोरी गंगा दाहाल राखेकोप्रति केन्द्रीय सदस्यहरुको आपत्ति रहेको छ ।