images

सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेण्ट रुक्मिना सुब्बा जमानीमा रिहा

काठमाडौं । एक सय क्विटल सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेण्ट रुक्मिना सुब्बालाई मानवीय कारण जमानीमा रिहा गरिएको छ ।

उनी क्यान्सरबाट पीडित भएको हुनाले बोलाएको बेलामा हाजिर गराउने शर्तमा परिवारको जमानीमा रिहा गरिएको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

घाँटीको क्यान्सरबाट पीडित रुक्मिनालाई उपचारका लागि रिहा गरिएको हो ।

किमो थेरापी गरिरहेकी उनलाई सफाइ भने दिइ नसकिएको अधिकारीले बताए । उनी सुन ओसारपसारमा संलग्न भएको वा नभएको टुंगो छैन ।