images

साताको सुन : प्रतितोला ४०० रुपैयाँले घट्यो

काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा ४०० रुपैयाँले सुनको मूल्य घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० रुपैयाँ कायम थियो । जुन यो साताको शुक्रबारसम्म आइपुग्दा ४०० रुपैयाँले घटेर १ लाख १२ हजार २०० रुपैयाँमा आइपुगेको हो ।

यो साताको आइतबार ३०० ले बढेको सुनको मूल्य सोमबार ३०० ले नै घटेको थियो । मंगलबार पुनः ४०० रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँ पुगेको थियो भने बुधबार फेरि ६०० को गिरावट आएको थियो । जसमा बिहिबार २०० रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार स्थिर कायम थियो ।

यस्तै, यो चाँदीको मूल्यमा प्रतितोला २५ रुपैयाँको गिरावट आएको छ । गत साताको शुक्रबार तोलामा १४ सय ५० रुपैयाँ रहेको चाँदी यो साताको शुक्रबार १४ सय २५ रुपैयाँमा आइपुगेको छ ।