images

गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । गौर घटनाका दोषीलाई कारबाहीको माग गर्दै केही दिनदेखि आन्दोलन गरिरहेका अन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गर्ने भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र आन्दोलनरत पक्षबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको थियो । सो छलफलमा प्रधानमन्त्रीले गृहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने प्रतिबद्धता जनाएका छन् ।

१७ वर्षअघि रौतहटको राइस मिलमा माओवादी र तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबीच भएको झडपमा माओवादीका २७ जना नेता तथा कार्यकर्ताको निधन भएको थियो । निधन भएका परिवारले न्यायको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए । पीडितहरुले रौतहटमा केही दिनदेखि प्रदर्शन गर्दै रिले अनसन सुरु गरेका थिए ।