images

सुन तस्करी प्रकरणमा सरकारले भेदभावपूर्ण छानबिन गरिरहेको छ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसले पार्टीलाई सुदृढ बनाउनका लागि चलाएको आन्तरिक विशेष अभियान अन्तगर्त धनुषामा खटिएका केन्द्रिय सदस्य महरले सरकार जनताको जनजीविकाको सवालमा गम्भिर नरहेको आरोप लगाए ।

जनकपुरधाममा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै महरले गठबन्धनको साझा अवधारणा अनुरुप जनताको पक्षमा सरकारले काम नगरिरहेकोमा आपत्ति जनाएका छन् ।

महरले सुन तस्करी प्रकरणमा भेदभावपूर्ण छानबिन गरिरहेको पनि खुलासा गरेका छन् ।

फरक प्रसंगमा नेता महरले गठबन्धन सरकारको ५ वर्षसम्म विकल्प नखोजिने स्पष्ट गर्दै आउने निर्वाचनमा कांग्रेस एक्लैले निर्वाचन लड्ने गरी तयारी गरिरहेको प्रष्ट पारेका छन् ।