images

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुई डाक्टर पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुई जना डाक्टर पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौँस्थित इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र मोरङका चिकित्सक मनित चौधरीलाई पक्राउ गरेको हो ।

शिल्पकारलाई बिहीबार राति काठमाडौंबाट पक्राउ गरिएको हो भने चौधरीलाई मोरङबाट पक्राउ गरिएको सिआइबीले जनाएको छ ।
योसँगै नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ।

सीआईबीले चलाएको ‘अपरेसन चार्ली फक्सट्रोट’ अन्तर्गत कांग्रेसका सांसद डा सुनील शर्मा, डा रञ्जितकुमार यावद, डा अमृत चौधरी, डा रामबाबु यादव र डाक्टर एरिना यादव यस अघि पक्राउ परिसकेका छन् ।