images
images

राष्ट्रियसभाको बैठक साउन ३१ गते बुधबार बस्नेगरी स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । शुक्रबार ११ बजे बसेको बैठकमा अवैध एक क्विन्टल सुन बरामदलाई लिएर प्रतिपक्षी एमालेले आजको बैठक पनि चल्न दिएन।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमाले १० साउनदेखि सदनका दुवै बैठक अवरोध गर्दै आएको छ। एमाले सांसदबाट भएको राष्ट्रिय सभा बैठक अवरोधको विरोधमा सत्तापक्षीय सांसद पनि उभिएका थिए।

बैठकको आकस्मिक समयमा सांसदले आ–आफ्ना भनाइ राखेपछि बैठक अवरुद्ध भएको थियो। झन्डै १० मिनेट सत्तापक्ष र प्रतिपक्षका सांसद बैठकमा उभिएपछि अध्यक्ष तिमिल्सिनाले बैठक स्थगित गरेका हुन्।

सत्ता र प्रतिपक्ष सांसदहरू उठिरहेपछि अध्यक्ष तिमल्सिनाले शुक्रबारको बैठकको कार्यसूचीमा राखेका सबै कार्यक्रम हटाएको जानकारी दिँदै बैठकलाई साउन ३१ गते बुधबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरेका हुन् । 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS