images

एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक साउन २९ गते बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण शुक्रबार पनि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

सुन काण्डमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले अवरोध गरेको हो ।

यसअघि पनि पटकपटक एमालेले अवरोध गर्दै आइरहेको थियो । तर यता सरकारले भने सुन काण्डको विषय केन्द्रीय अनुसन्धान ब्यूूरोले अनुसन्धान गर्ने भन्दै कुनै पनि समिति नचाहिने बताउँदै आइरहेको छ ।

आजको बैठकमा एमालेले शुरुमै विरोध गर्न थालेपछि सभामुखले नियमित कार्यसूची अनुसार बैठक बसाउन आग्रह गरेका थिए । तर एमालेले अवरोधलाई निरन्तरता दिएसँगै अर्को बैठक आगामी साउन २९ गते दिउँसो १ बजे बस्नेछ ।