images

शेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ ।

साताको पहिलो कारोबार दिन नेप्से १४ दशमलव आठ एक अंकले बढेर २ हजार ८० विन्दुमा पुगेको हो ।

सेन्सेटिभ इण्डेक्स पनि ३ दशमलव नौ एक अंकले बढेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आइतबार ३ अर्ब १ करोड ८४ लाख ६० हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा आएकामध्ये थ्रीस्टार हाइड्रोपावर, अप्पर साङ्गे हाइड्रोपावर र माउन्टेन इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको ५८ करोड ४५ लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा धेरै २ दशमलव दुई एक प्रतिशतले बेढेको छ ।