images

देशको अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको अर्थमन्त्रीको दाबी

काठमाडौं । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले देशको अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको दाबी गरेका छन् ।

बुधवार काठमाडौंमा आयोजित उद्यमशील युवा, श्रृजनशील युवा विषयक कार्यक्रममा अर्थमन्त्री महतले कोरोना र अन्य वाह्य कारणले नेपालको अर्थतन्त्र धराशायी बनेपनि अहिले बिस्तारै लयमा फर्किएको बताए ।

अर्थतन्त्रलाई अझै चलायमान र सुदृढ बनाउन सकारात्मक सोच र प्रचारको आवश्यकता रहेको उनको भनाइ छ ।

उनले नेपालको अर्थतन्त्र संकटमा रहेको भन्दै विदेश जानुको विकल्प छैन भन्नेजस्ता प्रचारबाजी भएकाले अर्थतन्त्रमा समस्या उत्पन्न भएको टिप्पणी गरे ।

उनले नेपालमै केही गर्छु भन्नेहरुका लागि प्रशस्त अवसर रहेको र उनीहरुलाई सरकारले पनि साथ दिने आश्वासन दिए ।