images

नेप्से ८ अंकले बढ्यो, १ अर्ब ५४ करोड १३ लाख रुपैयाँ बराबरको करोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से ८ अंकले बढेर बजार बन्द भएको छ ।

बिहीबार म्युचुअल फन्डबाहेकका सबै उपसमूह सकारात्मक बनेपछि समग्र बजार परिसूचक नेप्से ८ अंकले बढेर २ हजार ३३ अंकमा उक्लिएको हो ।

सबैभन्दा धेरै व्यापार उपसमूह २ दशमलव तीन पाँच प्रतिशतले बढ्दा पर्यटन उपसमूह २ प्रतिशतले बढेको छ । बजार बढ्दा १३५ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने ७८ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

बिहीबार २७१ कम्पनीको ४० लाख ९ हजार कित्ता सेयर १ अर्ब ५४ करोड १३ लाख रुपैयाँ बराबरमा करोबार भएको छ । बुधबार सेयर बजार २० अंकले घटेको थियो भने १ अर्ब ६५ लाख ७४ हजार रुपैयाँको कारोबार भएको थियो ।