images

सदनको अवरोध खुलाउन प्रमुख सचेतकहरूसँग सभामुखको बैठक सुरु

काठमाडौं । सदन अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरू बोलाएको बैठक सुरु भएको छ ।

सिंहदरवारस्थित सभामुख कार्यकक्षमा घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरीरहेका छन् । बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकहरूलाई बोलाइएको छ ।

प्रतिनिधिसभाको बैठक आजै दिउँसो १ बजेका लागि बोलाइएको छ । तर, विपक्षी एमालेले सुन तस्करीको छानविन गर्न उच्चस्तरी छानविन समिति गठनको माग गर्दै साउन १० गते देखि संघीय संसद अवरुद्ध गर्दै आएका छन् ।