images

संसदको अवरोध हटाउन राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको जारी अवरोध हटाउन सर्वदलीय बैठक बोलाएका छन् ।

राष्ट्रपति पौडेलले संसदीयमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई मंगलबार बिहान सर्वदलिय बैठक बोलाएको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

‘संसदको जारी अवरोध कसरी हटाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न राष्ट्रपतिले मंगलबार बिहान ८ : ३० बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेतालाई शीतल निवास बोलाउनु भएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलले भने ।

राष्ट्रपति पौडेलले सोही विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग पनि आइतबार साँझ कुरा गरेका थिए ।

त्यसअघि राष्ट्रपतिले पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई साउन २५ गते, साउन २६ गते संघीय संसदन्र्तग प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासँग, साउन ३१ गते प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।