images

नेप्से १२ दशमलव ९३ अंकले घट्यो

काठमाडौं । सेयर बजार घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ ।

साताको दोस्रो दिन सेयर बजार परिसूचक नेप्से १२ दशमलव ९३ अंकले घरेर १९ सय ९८ बिन्दुमा ओर्लिएको हो ।

१३ वटै उपसूचक घटेपछि बजार राताम्मे भएको छ । बैकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि बैंकहरुबीच व्याजदर वृद्धिको अस्वस्थ प्रतिस्पर्धाको असर सेयर बजारमा देखिएको विश्लेषण गरिएको छ ।

सोमबार बजारमा ४१ लाख ६४ हजार ८७२ कित्ता शेयरको १ अर्ब ४० करोड ८९ लाख ८१ हजार ६०१ रुपैयाँमा खरिदबिक्रि भएको छ ।

घटेको बजारमा लक्ष्मी लघुवित्त वित्तीय संस्था र कुथेली बुखेरी स्मल हाइड्रोपावर कम्पनीको शेयर भने सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।