images

प्रदीप गिरी बिपी पछिको ठूलो समाजवादी चिन्तक : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय प्रदीप गिरी बिपी कोईरालापछिको ठूलो समाजवादी चिन्तक भएको बताएका छन् ।

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा स्वर्गीय गिरीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले समाजवादी चिन्तकको रुपमा बिपी कोईरालापछि प्रदीप गिरीकै नाम आउने बताएका हुन् ।

सभापति देउवाले स्वर्गीय गिरीप्रति पार्टीमा धेरै लगाव र सम्मान रहेको पनि स्मरण गरे ।