images

अमेरिकी सिनेटर होलेन नेपाल आउँदै

काठमाडौं । अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य क्रिस भ्यान होलेन नेपाल आउने भएका छन् ।

सेप्टेम्बरको पहिलो साता काठमाडौं आउने तयारी गरेका होलेनले भ्रमणका क्रममा सरकारी अधिकारी, युवा नेता, सांसद, नागरिक समाजका प्रतिनिधि, गैरनाफामूलक संस्थाका प्रतिनिधि र व्यवसायीलगायतसँग भेट गर्ने उनको कार्यालयले जनाएको छ । उनले अमेरिकी सहयोगमा सञ्चालित परियोजना र स्थानीय सांस्कृतिक महत्तवका क्षेत्रमा भ्रमण गर्नेछन् ।

भ्रमणको क्रममा होलेनले बृहत्तम विषयमा र सामूहिक सुरक्षाको चासोको विषयमा समेत छलफल गर्ने जनाइएको छ । उनको भ्रमण तालिकाबारे विस्तृत विवरण भने सार्वजनिक भएको छैन् ।