काठमाडौं । सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सर्वदलीय बैठकमा आफ्नो पार्टीलाई निषेध गरेको आरोप लगाएका छन् ।
शनिवार काठमाडौंमा आयोजित पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालले सुन तस्करी प्रकरणमा छानबिनका लागि आयोग गठन गर्न बोलाइएको सर्वदलीय बैठकमा ओलीकै कारण आफ्नो पार्टीलाई सहभागी नगराइएको गुनासो गरे ।
संसदमा प्रतिनिधित्व गर्ने ६ वटा पार्टी बैठकमा सहभागी भएपनि ओलीले राष्ट्रिय मान्यता प्राप्त दल मात्रै बस्ने भनेर आफ्नो पार्टीलाई बाइपास गरेको उनको आरोप छ । अध्यक्ष नेपालले नेकपा ब्युँताऊन भनेर आफूले पठाएको प्रस्तावलाई पनि ओलीले लत्याएको दुःखेसो गरे ।
अध्यक्ष नेपालले ओलीको तानाशाही प्रवृत्तिकै कारण विद्रोह गरेर नयाँ पार्टी बनाउनुपरेको पनि दोहो¥याए ।