images

महरा बाबुछोरामाथि अनुसन्धान हुने

काठमाडौं । विद्युुतीय चुरोट (भेप) मा लुकाएर ल्याएको सुन तस्करी समूहसँगको साँठगाँठबारे माओावादी उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि पनि अनुसन्धान गर्ने तयारी थालिएको छ ।

यसअघि नै केन्द्रीय अनुसन्धान ब्यूूरो (सिआइबी) ले महरा र उनका छोरा सुन ल्याउने मुख्य योजनाकार रहेको भन्दै अनुसन्धान प्रतिवेदन बुुझाएको थियो । तर उनीहरुमाथि कुनै बयान नै नलिइ प्रतिवेदन बुझाएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उनीहरुको बयान लिन सिआइबीलाई निर्देशन दिएको हो ।

२०७९ पुस १० गते दुबईबाट भेपमा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिक दाआजिङ वाङसँग महरा र उनका छोराको राम्रो उठबस रहेको थियो । विमानस्थल भन्सारले समातेको सुन उनीहरुले छुटाउन पहल गरेका थिए ।

माओवादी नेतृत्वको सरकार रहेका कारण उनीहरुमाथि कुनै अनुसन्धान अघि नबढाइएको भन्दै आलोचना समेत भइरहेको छ ।