images

६१ किलो सुन प्रकरणमा जोडिएका कर्मचारीमाथि अख्तियारले थाल्यो अनुसन्धान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब ६१ किलो सुन तस्करी प्रकरणमा जोडिएका कर्मचारीमाथि अनुसन्धान थालेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले संगठित अपराधमा अनुसन्धान गरिरहेकोमा अख्तीयारले पनि सुन तस्करी र त्यसमा जोडिएका कर्मचारीहरुको सम्पत्तिमाथिको अनुसन्धान थालेको हो ।

अख्तियारले सुन तस्करीका समयमा कार्यक्षेत्र र जिम्मेवारीमा रहेका कर्मचारीह?को भूमिकामाथि अनुसन्धान थालेको छ । त्यसक्रममा विस्तृत विवरण मागेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पत्राचार समेत गरेको छ ।

सुन प्रकरणमा जोडिएको भेटिएपछि अख्तियारले अर्थ मन्त्रालयका तत्कालिन महानिर्देशक झलकराम अधिकारीको कुराकानी, सम्पर्क भएको व्यक्तिह?लगायतका विवरण मगाएको छ । त्यसैगरी उनको सम्पत्ति छानबिन समेत थालेको छ ।