images

६१ किलो सुन तस्करी प्रकरण : थप दुई जना पक्राउ

काठमाडौं । करिब ६१ किलो सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पाल्पाका गणेश पौडेललाई काठमाडौंबाट पक्राउ गरेको हो ।

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी भएको खुलेको छ । उनले भन्सार कार्यालयमा कार्यरत रहेर सुन तस्करी गर्ने गिरोहलाई सहयोग गरेको तथ्य फेला पारेको सीआईबीले जनाएको छ । त्यस्तै अर्का आरोपी किशोर बस्नेत भारतबाट पक्राउ परेका छन्।

अरु पक्राउ परेपछि भारत भागेका बस्नेतलाई सीआईबीले भारतबाटै पक्राउ गरेको हो । राजश्व अनुसन्धान विभागले सुन बरामद गर्नासाथ बस्नेत खोजिको सूचिमा थिए। तर उनी भागेर भारत पुगेका थिए। यो सँगै पक्राउ पर्नेको संख्या २५ पुगेको छ । त्यसमध्ये ७ जना चिनियाँ नागरिक छन्।

यसैबीच सीआईबीले यस प्रकरणमा संलग्न गिरोहले काठमाडौंमा राखेको थप दुई वटा सुन गाल्ने उपकरण बरामद भएको छ ।