images

मूल्यवृद्धिको विरोधमा राष्ट्रिय युवा संघ नेपालले देशभरि प्रदर्शन गर्ने

काठमाडौं । पेट्रोलियम पदार्थ लगायतमा भएको मूल्यवृद्धिको विरोधमा राष्ट्रिय युवा संघ नेपालले देशभरि प्रदर्शन गर्ने जनाएको छ ।

साँझ ६ बजे देशभरि एकैपटक जुलुस गरी मूल्यवृद्धिको विरोध गर्ने कार्यक्रम रहेको युवा संघले जनाएको हो ।

बिहीबार मात्रै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गर्ने युवा संघको तयारी छ ।