images

माओवादीको राजनीतिक एजेण्डाको बलमा तेस्रो पटक प्रधानमन्त्री बने : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू पार्टीको इतिहास र राजनीतिक एजेण्डाको बलमा प्रधानमन्त्री बन्न सफल भएको दाबी गरेका छन् ।

पार्टीको रुपान्तरण अभियान अन्तरगत शनिबार चन्द्रागिरीको भट्टेडाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले माओवादी केन्द्र ३२ सिटको सानो पार्टी भएपनि पार्टीको इतिहास र राजनीतिक एजेण्डाको बलमा आफू तेस्रो पटक प्रधानमन्त्री बनेको बताए ।

प्रधानमन्त्री दाहालले नेपाली जनताको भरोसा जगाउन र सिंगो पार्टी पंक्तिमा उत्साहको सञ्चार गराउन आफूले सुशासनको पक्षमा भ्रष्टाचार बिरोधी अभियान चलाएको दाबी गरे । प्रतिक्रियावादीहरुले अहिले पनि सत्तारुढ गठबन्धन फुटाउनका लागि भ्रष्टाचार बिरोधी अभियानबारे भ्रम फैल्याउने कोशिस गरिरहेको उनको आरोप छ ।

प्रधानमन्त्री दाहालले आफूले शुरुवात गरेको भ्रष्टाचार बिरोधी अभियानलाई पनि नयाँ खालको जनयुद्धको रुपमा लिनुपर्ने बताए ।