images

एसिया कप क्रिकेट : नेपाल र भारत भिड्दै

काठमाडौं । एसिया कप क्रिकेटमा आज नेपाल र भारत भिड्दैछन् । श्रीलंकाको पल्लेकेले रंगशालामा हुने खेल नेपाली समय अनुसार सवा तीन बजे सुरु हुनेछ ।

समूह चरणको दोस्रो र अन्तिम खेलमा उत्रदै गर्दा दुवै टिमको नजर सुपर फोरमा हुनेछ । नेपालले विश्व क्रिकेटको ठुलो टिम भारतसँग पहिलो पटक भिड्न लागेको हो । दुवै टिम सोमबारको खेलमा जित निकाल्दै सुपर फोरमा पुग्ने लक्ष्यमा हुनेछन् ।

नेपाल र भारत रहेको समूहबाट तीन अंक सहित पाकिस्तान सुपर फोरमा प्रवेश गरिसकेको छ । वर्षाले पाकिस्तानसँगको खेल प्रभावित बनेपछि भारतसँग १ अंक छ । पहिलो खेलमा पाकिस्तानसँग पराजित बनेको नेपाल अंक विहिन छ ।

भारतीय टिम रोहित शर्माको कप्तानीमा मैदान उत्रनेछ भने नेपाली टिमको नेतृत्व रोहित पौडेलले गर्नेछन् ।
श्रीलंकामा सोमबार पनि आँधी तथा वर्षाको पुर्वानुमान गरिएकोले खेल प्रभावित हुनसक्ने बताईएको छ । खेल रद्द भएको अवस्थामा भारत शिर्ष चारम प्रवेश गर्नेछ । नेपालको लागि भने शिर्ष चारमा प्रवेश गर्न भारतलाई हराउनैपर्ने हुन्छ ।