images

प्रतितोला ४ सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा भइरहेको छ कारेबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

आइतबारको तुलनामा आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ रहेकोमा सोमबार बढेर १ लाख १३ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, यसअघि तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएकोमा आज घटेर १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँले बढेको महासङ्घले जनाएको छ ।

यसअघि प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।