images

भगवान कृष्णको पूजा आराधना गरी भाद्रकृष्ण अष्टमी मनाइँदै

काठमाडौं । भाद्रकृष्ण अष्टमी अर्थात श्री कृष्ण जन्माष्टमी, सनातन धर्मावलम्बी भगवान कृष्णको जन्मदिन मनाउँदैछन् ।

पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण पक्षको अष्टमीको मध्यरातमा रोहिणी नक्षत्रमा भगवान नारायणका आठौँ अवतारका रूपमा कृष्णको जन्म भएको हो ।

लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने क्रमअनुरूप कंसलगायत दानवको अन्त्यका लागि विष्णुले कृष्णको रूप लिएको बताइन्छ । कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धमा अर्जुनलाई दिएको गीताज्ञान प्रसिद्ध छ ।

सनातन धर्मावलम्बीले जन्माष्टमी पर्वमा उनको उपासना गर्छन् । साथै वैष्णव वा श्रीकृष्ण प्रणामीले यो पर्वलाई विशेष महत्त्वका साथ मनाउँछन् ।

पौराणिक ग्रन्थहरूमा आज गरिने भगवान् कृष्णको आराधनाको विधि उल्लेख भएको पाइन्छ । विशेषगरी द्वादशाक्षरी ओम ः नमो भगवते वासुदेवाय मन्त्रले उनको आराधना गर्नुपर्ने बताइएको छ ।

नेपाल र भारतमा रहेका श्रीकृष्ण मन्दिरमायो दिन घुइँचो लाग्छ । विभिन्न ठाउँमा भाद्रकृष्ण अष्टमीको भोलिपल्ट बिहान श्रीकृष्ण रथयात्रा चल्छ ।