images

एमाले लुम्बिनीको अध्यक्षमा रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित भएका छन् ।

बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार कँडेलले ४ सय ७९ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी हरि रिजालले ४ सय ७७ मत प्रापत गरेको निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए ।

रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन् । उपाध्यक्षमा पनि कँडेल प्यानलका भोजप्रसाद श्रेष्ठ ४ सय ५५ मत प्राप्त गर्दै विजयी भए ।

यस्तै, उपसचिव पुरुषतर्फ पूर्ण बुढा मगर र महिलातर्फ लीला राना मगर निर्वाचित भएका छन् ।