images

प्रतितोला ३ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ ।

योसँगै प्रतितोला छापावाला सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ४३० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।