images

महिला टी–२० विश्वकप छनोट : थाइल्याण्डसँग नेपाल पराजित

काठमाडौं । नेपाल महिला टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसियाली छनोट प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको छ । थाइल्याण्डसँग पराजित हुँदै नेपाल प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको

मलेसियाको बांगीमा शुक्रबार बिहान भएको खेलमा नेपाललाई थाइल्याण्डले ४६ रनले हरायो । खेलम टस हारेर पहिले व्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनायो ।

उसका लागि नानापथ कोन्चारोन्काईले अविजित ५९ रन बनाइन् । जवाफमा १ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा अलआउट हुनुपूर्व ५९ रन मात्रै बनाउन सक्यो । नेपालको लागि कविता कुँवरले अविजित १७ रन बनाइन् ।

बलिङतर्फ थाइल्याण्डकी ओनिचा काम्छोम्पु र थिपाचा पुथोङले ३/३ विकेट लिए । यो हारसँगै नेपालको महिला टि–ट्वेन्टी विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायर खेल्ने संभावना समाप्त भएको छ ।

एसियाली छनौट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले अर्को वर्ष हुने ग्लोबल क्वालिफायर खेल्न पाउने प्रावधान छ ।