images

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकृत तेजनारायण साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इलेक्ट्रिक इन्जिनियरिङ शाखामा कार्यरत अधिकृत तेजनारायण साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनले प्रतिष्ठानको हाताभित्र भाडामा पसल सञ्चालन गरिरहेका व्यवसायीहरुसँग बिजुलीको महशुल संकलन गरी हिनामिना गरेको अख्तियारको ठहर छ ।

उनले व्यवसायीहरुबाट विद्युत महशुलवापतको रकम ३३ लाख २० हजार २ सय २६ रुपैयाँ असुलेको अख्तिारको अनुसन्धानले देखाएको छ । उनीविरुद्ध कैद, जरिवाना र हानिनोक्सानी भएको बिगोसमेत असुल उपर गर्न मागदाबी गरिएको छ ।