images

नेपालले हङकङ र यूएईसँग त्रिकोणात्मक सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले अक्टोबरमा ट्राइनेसन्स टी २० सिरिज आयोजना गर्ने भएको छ ।

आईसीसी मेन्स विश्वकप क्रिकेटको एसिया छनोट खेल्न लागेको नेपालले तयारी स्वरुप उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा नेपाल, हङक र युएई खेल्ने छन् । क्यानको अधिवेशनपछि पहिलो पटक बसेको बैठकलले विभिन्न १० वटा निर्णय पनि गरेको छ ।

अध्यक्ष चन्दको संयोजकत्वमा ५ सदस्यीय कार्यसम्पादन समिति पनि गठन गरेको छ । उक्त समितिमा अध्यक्ष चन्दसहित उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, कोषाध्यक्ष पदमबहादुर खड्का र सदस्य दिवाकर घले रहेका छन् ।

यसैगरी आउँदो प्रधानमन्त्री प्रतियोगितामा ७ प्रदेश र ३ विभाग गरी १० टिमलाई खेलाउने र राउन्ड रोविन लिगका आधारमा सञ्चालन गर्ने निर्णय गरिएको छ । यसैगरी उक्त प्रतियोगिता सेमिफाइनल दुई दिवसीय र फाइनल दिवसीय गर्ने निर्णय गरेको छ । यस्तै, अर्को वार्षिक साधारणसभामा पदाधिकारी थप गर्ने निर्णय लैजाने भएको छ ।