images

सुन तस्करी प्रकरण : थुनछेक बहस आजबाट सुरु हुँदै

काठमाडौं । करिब ६१ केजी सुन तस्करी प्रकरणमा थुनामा रहेका प्रतिवादीहरुको थुनछेक बहस आज सुरु हुँदैछ ।

प्रतिवादीहरुसँगको बयान हिजो सकिएपछि जिल्ला अदालत काठमाडौँले आजबाट थुनछेक बहस गर्न लागेको हो । जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालका अनुसार हाल प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको हिजो बहस सकिएकाले आजबाट थुनछेक बहस सुरु हुन लागेको हो ।

गत साउन ३ गते समातिएको ६० केजी ७१६ ग्रामको सुन तस्करी प्रकरण र भेपमा ल्याइएको झन्डै ९ केजी सुन प्रकरणमा सरकारी वकिलको कार्यालयले प्रतिवादीहरुलाई थुनामा राखेर छानबिन गर्न आदेश माग गर्नेछ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ३ जना फरार सहित २९ जनालाई प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरेको छ ।