
काठमाडौं । नेपाली बजारमा सुनको भाउ प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेको छ ।
आज सुनको भाउ तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो पनि सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको थियो । केही दिनयता सुनको भाउ लगातारजसो घटिरहेको छ ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।