images

एसियन गेम्स : नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । एसियन गेम्स अन्तर्गतको महिला फुटबलमा आज नेपालले बंगलादेशको सामना गर्नेछ ।

चिनको वेन्झाउ स्पोर्ट्स सेन्टरमा नेपाली समय अनुसार आज दिउँसो पौने २ बजे यो खेल सुरु हुनेछ । यो खेल दुबै टोलीका लागि प्रतिष्ठाको विषय मात्रै हुनेछ ।

चिनको ह्याङचाउमा जारी एसियाडको महिला फुटबलतर्फ समुहका सुरुवाती दुई खेलमा नेपाल र बंगलादेश पराजित भइसकेको छन् । नेपाललाई समुहको पहिलो खेलमा भियतनामले तथा दोस्रो खेलमा जापानले हराएको थियो ।

बंगलादेश पनि यी दुबै प्रतिस्पर्धीसँग पराजित भएको थियो । बंगलादेश साफ महिला च्याम्पियनसिपको विजेता टोली हो भने नेपाल उपविजेता हो ।