images

सर्लाहीमा जलाउन लागेको शव चिताबाट बरामद

काठमाडौं । सर्लाहीमा प्रहरीले जलाउन लागेको शव चिताबाट बरामद गरेको छ ।

सर्लाही रामनगर गाउँपालिका–१ की २१ वर्षीया मनिषा साहको त्यहीको मञ्चुरा खोलामा जलाउन लागिएको थियो । उनको घाँटीमा डोरीको डाँम देखिएको भन्ने गाउँलेले खबर गरेपछि उक्त शव बरामद गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उक्त शव बरामद गरेर परीक्षणका लागि पठाइएको छ । त्यस्तै उनको ससुरा, श्रीमान र देवरलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।