images

१९ औँ एसियाली खेलकुद : नेपाल र बङ्गलादेशको बराबरी

काठमाडौं । १९ औँ एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपाल र बङ्गलादेशले बराबरी खेलेका छन् ।

आज चीनको वानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा भएको खेलमा दुवै टोलीले १र१ गोल गरे ।

पहिलो हाफमा बङ्गलादेशकी सबिना खातुनले गोल गरेर अग्रता दिलाए पनि दोस्रो हाफमा नेपालकी रेखा पौडेलले गोल गरेर खेल बराबरीमा ल्याइन् ।

नेपाल र बङ्गलादेशले यसअघिका दुवै खेल हारिसकेकाले यो खेल प्रतिष्ठाका लागि मात्रै थियो ।

समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल भियतनामसँग २–० र अर्को खेलमा जापानसँग ८–० ले पराजित भएको थियो । यस्तै बङ्गलादेश पहिलो खेलमा जापानसँग ८–० र भियतनामसँगको खेलमा ६–१ गोलले पराजित भएको थियो ।