images

१५ दिनपछि प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीन भ्रमणबाट स्वदेश फर्किँदै छन् ।

अमेरिकामा राष्ट्रसंघीय सभालाई सम्बोधन गरेर उत्तरी छिमेकी चीनको भ्रमणमा गएका प्रधानमन्त्री दाहाल आज १५ दिनपछि स्वदेश फर्किन लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र उनको भ्रमण दलका सदस्यहरू चीनको छेन्दुबाट काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

हिजो छेन्दुमा पाण्डा प्रजनन केन्द्रको निरीक्षण गरेपछि प्रधानमन्त्री दाहालले चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्रीको सहभागिता रहेको थियो ।

सो अघि प्रधानमन्त्री प्रचण्डले तिब्बतस्थित मानसरोवर र कैलास पर्वत दर्शन गरेका प्रधानमन्त्री दाहाल हिजो मात्रै ल्हासा विमानस्थलबाट छेन्दु पुगेका हुन् ।

गत भदौ गत भदौ ३० गते राष्ट्र संघीय सभालाई सम्बोधन गर्न अमेरिका गएका प्रधानमन्त्री प्रचण्ड गत शनिवार त्यताबाट सोझै उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्केका थिए ।

अमेरिका र चीन भ्रमणका उपलब्धिबारे जानकारी दिन उनले विमानस्थलमा पत्रकारसँग भेट्ने कार्यक्रम तय भएको छ ।