images

‘विद्युत विधेयक २०८०’ संसदमा पेश

काठमाडौं। प्रतिनिधिसभाको बिहीबारको बैठकमा ‘विद्युत् विधेयक, २०८०’ पेश भएको छ ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उक्त विधेयक पेश गरेका हुन् ।

सो अवसरमा उनले विद्युत उत्पादन, प्रसारण र नियमनको आवश्यकतालाई मध्यनजर गर्दै विद्युत्मा आमजनताको पहुँच सुनिश्चित गर्न तथा आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले विधेयक ल्याउनु परेको बताए ।

विद्युत विधेयक २०८० मा निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने, प्रतिस्पर्धाको आधारमा आयोजनाको लाक्षसेन्स दिने र विद्युत खरिद विक्री सम्झौता गर्ने लगायतका विषय समावेश छन् ।