images

सिप्रदीलाई ‘इन्टरन्यासनल ट्रेलब्रेजर अफ द इयर’ अवार्ड

काठमाडौं । टाटा मोटर्सको नेपालको एक मात्रा आधिकारीक बिक्रेता सिप्रदीलाई इन्टर न्यासनल ट्रेलब्रेजर अवार्ड प्राप्त भएको छ ।

टाटा मोटर्सले बार्सिलोनामा आयोजना गरेको ‘डिलर बिजनेस प्लानिङ्ग मिट २०२३’ मा सिप्रदी ट्रेडिङ्गलाई ‘इन्टरन्यासनल ट्रेलब्रेजर अफ द इयर’ बाट सम्मानित भएको हो ।

विश्वका ५२ वटा देशका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त सम्मेलनमा, सिप्रदीको गत वर्ष नेपालमा नम्बर १ ब्रान्डको सफलतालाई सम्मान गर्दै अवार्ड प्रदान गरिएको हो । सिप्रदीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ तथा प्रमुख अप्रेशन अफिसर राजेश प्रसाद गिरीले ऊक्त कार्यक्रममा सम्मान ग्रहण गरे ।

पछिल्लो समय टाटा मोटर्स नेपालले ईभी तथा आइ सी इ दुवै क्षेत्रमा सबैभन्दा ठूलो बजार हिस्सा ओगटेको छ । साथै नेपालमा दीर्घकालिन रुपमा विद्युतीय सवारी साधनको बजार स्थापना गर्न अग्रणी भूमिका खेल्दै आएको छ ।