images

इरानको जेलमा रहेकी महिला अधिकारकर्मी नर्गिसलाई नोबेल शान्ति पुरस्कार

१९ असोज, काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी मानवअधिकारकर्मी नर्गिस मोहम्मदीलाई दिइएको छ । ५१ वर्षीया नर्गिस अहिले इरानको जेलमा छिन् ।

इरानमा महिलाहरुमाथि हुने दमनविरुद्ध संघर्ष गरेको र सबैको मानवअधिकारको रक्षाका लागि पहल गरेकोमा उनलाई यो पुरस्कार दिने निर्णय गरिएको नोबेल पुरस्कार समितिले जनाएको छ । नोबेल पुरस्कार समितिले उनलाई ‘फ्रिडर फाइटर’को संज्ञा दिएको छ, र छिट्टै जेलमुक्त गर्ने विश्वास समेत व्यक्त गरेको छ । पुरस्कार आगामी १० डिसेम्बरमा वितरण हुनेछ ।

‘यदि इरानका अधिकारीहरुले उनलाई रिहा गर्न सही निर्णय लिए भने उनी पुरस्कार वितरण समारोहमा उपस्थित हुनेछिन्, जुन हामीले अपेक्षा गरेका छौं’ समितिका प्रमुख बेरिट रिस–एन्डरसनले भने ।

उनी डिफेण्डर अफ ह्युमन राइट सेन्टरको उपप्रमुख हुन्, जसको स्थापना नोबेल पुरस्कार जितिसकेकी शिरीन एबादीले गरेकी थिइन् ।एजेन्सी