
काठमाडौं । जनकपुर बिग मार्टमा राति आगलागी भएको छ ।
जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकमा रहेको मार्टमा राति ११ बजे अकस्मात् लागेको आगो आज बिहान नियन्त्रणमा लिइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका लगायत आसपासको पालिकाको बारुणयन्त्र, प्रहरी, स्थानीयलगायतको सहयोगमा आगलागी नियन्त्रण लिइएको हो ।
आगलागीबाट मार्ट र घरमा समेत गरेर १० करोड रुपैयाँ बराबरको क्षति भएको छ । आगलागी हुँदा मार्ट सञ्चालक दम्पती घरको दोस्रो तलामा बसिरहेको र भागेर ज्यान जोगाएको बताएका छन् ।