images

दशैंको अग्रिम टिकट बुकिङ खुला, अनलाइनबाट पनि काट्न सकिने

काठमाडौं । दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ आज (सोमबार)बाट खुलेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलले २२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको थियो ।

हरेक वर्ष दशैं, तिहार र छट पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् । उनीहरुको सहजताका लागि सरकार र यातायात व्यवसायीको पहलमा बसको अग्रिम टिकट खोल्ने गरिएको छ ।

बसको टिकट इसेवा, बस सेवा लगायतका अनलाइन प्लेट फर्मबाट सजिलै काट्न सकिन्छ ।