images

कुमारी बैंकको ‘टिका अघि नै दक्षिणा’ योजना, हरेक दिन ५०१ रुपैयाँसम्म क्यासब्याक

काठमाडौं । कुमारी बैंक लिमिटेडले दशैं पर्वलाई लक्षित गर्दै ग्राहकका लागि आकर्षक सुविधा सहित ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ ।

यस योजनामा कार्ड तथा मोबाइल बैंकिङ मार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपैयाँसम्म क्यासब्याक दिइने छ ।

क्यास ब्याक रकम पीओएस, क्यूआर पेमेन्ट र अनलाइन पेमेन्टबाट गर्ने कारोबारमा प्रदान गरिने बैंकले जनाएको छ ।

यो योजना २८ असोजदेखि ५ कात्तिकसम्म लागू हुने छ ।