images

इजरायलको बंकरमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीको भिडियो कुराकानी, ‘विमान पठाउने व्यवस्था गर्छु’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजलरायलमा रहेका विद्यार्थीसँग सम्वाद गरेका छन् ।

प्रधानमत्री प्रचण्डले सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरुमध्ये एक विपिन सुवेदीसँग भर्चुअल माध्यमबाट सम्वाद गरेका हुन् ।

सम्वादका क्रममा उनले आफूले निरन्तर अपडेट लिइरहेको र नेपालमा मन्त्रिपरिषद्देखि सर्वदलीय बैठक बोलाएको बताएका थिए ।

बिपिनले आफूहरुलाई छिटोभन्दा छिटो उद्दार गर्न आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी सबै त्यसको तयारी गरिरहेका छौं ।’

इजरायल-हमास युद्धमा परी अहिलेसम्म १० नेपालीको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशका मात्रै ७ जना रहेका छन् । उनीहरुको शव नेपाल ल्याउन आवश्यक तयारी भइरहेको छ ।