images

उत्पादन र सेवा क्षेत्रका ३ सहित ५ कम्पनीको आईपीओ आउँदै, ‘७ अर्बको आईपीओ दशैं लगत्तै’

काठमाडौं। जगदम्बा स्टिल्स लिमिटेड, एसवाई प्यानल र एपेक्स हस्पिटालिटीसहित ५ कम्पनीले आईपीओ निष्कासन गर्ने भएका छन् ।

ती कम्पनीहरुले ७ अर्ब २५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनको स्वीकृति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

जगदम्बा स्टिल्सले प्रिमियम सहित प्रतिकित्ता ३०० रुपैयाँ मूल्यमा आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा निवेदन दिएको छ । कम्पनीले ६ अर्ब रुपैयाँबराबरको २ करोड ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने छ ।

बाँकी ४ कम्पनीले भने प्रति कित्ता १०० रुपेयाँ अंकित मूल्यमै आईपीओ निष्कासन गर्ने भन्दै बोर्डमा निवेदन दिएका छन् ।

आईपीओ निष्कासन गर्ने अन्य कम्पनीहरुमा एसवाई प्यानलले ५२ लाख ३२ हजार ५४८ कित्ता, माविलुङ इनर्जी लिमिटेडले १८ लाख ९० हजार ५३० कित्ता, याम्बालिङ हाइड्रोपावरले २८ लाख कित्ता र एपेक्स हस्पिटालिटी लिमिटेडले २४ लाख कित्ता सेयर निष्कासन गर्ने भन्दै बोर्डमा निवेदन दिएका छन् ।