images

कोशीको मुख्यमन्त्रीमा कांग्रेस र माओवादीको दाबी पेश, कांग्रेसका असन्तुष्ट नेतालाई एमालेको समर्थन

विराटनगर । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले नेकपा एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

कांग्रेसको शेखर कोइराला पक्षका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर सहित कार्कीले प्रदेश प्रमुखको कार्यालयमा पुगेर दाबी पेश गरेका हुन् ।

उनीसँगै एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी लगायतका सांसदहरु पनि प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

कोशी प्रदेशको मुख्य मन्त्रीमा सत्तारुढ दलहरूले माओवादीका इन्द्र आंङ्बोलाई समर्थन गरेका छन् ।

सत्ता साझेदार कांग्रेस भित्र पार्टीको निर्णय लत्याउँदै एमालेको समर्थनमा कार्कीले मुख्यमन्त्री दाबी गरेका हुन् ।