images

भक्तपुरमा स्कुटरले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु, स्कुटर चालक प्रहरीको नियन्त्रणमा

भक्तपुर । भक्तपुरको सल्लाघारीमा स्कुटरले ठक्कर दिँदा एक जना पैदल यात्रुको मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका–१ सल्लाघारीको खानेपानी कार्यालय नजिकै भएको दुर्घटनामा स्थानीय महिलाको मृत्यु भएको हो ।

दुवाकोटबाट सल्लाघारीतर्फ जाँदै गरेको बा६९प ९१० नम्बरको स्कुटरले ठक्कर दिँदा पैदलयात्री सल्लाघारी बस्ने ६८ वर्षीया भुलिमाया धुगुछुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उक्त स्कुटर र स्कुटर चालक दोलखा तामाकोशी गाउँपालिका–४ घर भई हाल चाँगुनारायण नगरपालिका–१ दुवाकोट बस्ने ३६ वर्षीय यम खड्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । रासस