images

‘नेपाल पे’ क्यूआर अब सबै वाणिज्य बैंकको मोबाइल बैंकिङबाट स्क्यान गर्न सकिने

काठमाडौं । अब सबै वाणिज्य बैंकहरुको मोबाइल बैंकिङ एपबाट नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ ।

ग्राहकहरूले अब जुनसुकै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङ प्रयोग गरेपनि नेपाल पे क्यूआर स्क्यान गरी मर्चेन्टलाई भुक्तानी गर्न सक्नेछन् ।

त्यसै गरी अधिकांश विकास बैंकहरु, फाइनान्स कम्पनीहरू, वालेटहरू र कनेक्ट आईपीएस मोबाइल एपबाट पनि नेपाल पे क्यूआर स्क्यान गरी मर्चेन्टलाई तुरुन्तै भुक्तानी गर्न सकिन्छ । नेपाल पे क्यूआरमा अन्तरआबद्धताले क्यूआर भुक्तानीमा वृद्धि हुने अपेक्षा गरिएको छ ।