images

आजदेखि दसैं लक्षित खसीबोका र च्याङ्ग्राको विक्री वितरण सुरु, कति छ बजार मूल्य ?

काठमाडौं । दसैँलाई लक्षित गरेर आइतबारदेखि व्यवसायीले उपत्यकामा खसीबोका र च्याङग्राको विक्री वितरण सुरु गर्ने भएका छन् ।

हरेक वर्ष सरकारी कम्पनी र निजी व्यवसायीले गाउँ गाउँमा पुगेर खसीबोका खरिद गरेर उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन् ।

सामान्य अवस्थामा दैनिक करिब दुई हजार खसीबोका भित्रिने गरेकामा आइतबारदेखि भने दैनिक ५ हजार देखि १० हजार खसीबोका काठमाडौं भित्रिन्छन् ।

उपत्यकामा फूलपातीको दिनदेखि नवमीसम्म तीन दिन मात्र ३० हजार बढी र दसैं अवधिभर ५० हजार बढी खसीबोका बिक्री हुने गरेका छन् ।

हाल बजारमा जिउँदो खसी प्रतिकेजी ६६० देखि ६८० रुपैयाँ र च्याङ्ग्रा १२५० देखि १३०० रुपैयाँ प्रतिकिलोमा विक्री वितरण भइरहेका छन् ।