images

लिटरमै ११ रुपैयाँसम्म घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुन ठाउँको मूल्य कति ?

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले असोज २९ गते बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्यमा क्रमशः प्रतिलिटर रु ११ र रु ५ घटाएको हो ।

निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६९ तथा डिजेलको मूल्य प्रतिलिटर रु १६५ कामय भएको छ ।

यसैगरी, दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर रु १७१ र डिजेलको मूल्य प्रतिलिटर रु १६७ तथा काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ र डिजेलको मूल्य प्रतिलिटर रु १६८ तोकिएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट शनीबार प्राप्त नयाँ खरिद मूल्यअुनसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर रु ११.१८ र रु ५.०३ ले घटेर आएकाले पेट्रोलियम पदार्थको मूल्य घटाइएको निगमले जनाएको छ ।